भुवनेश्वर प्रहरी भन्छ, ‘आरोपितलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ’
काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा आरोपित व्यक्तिलाई पक्राउ गरी अनुसन्धान जारी रहेको भारतको भुवनेश्वर–कटक प्रहरीले जानकारी दिएको छ । प्रहरीले एक प्रेस नोट जारी गर्दै अद्विक श्रीवास्तवालाई सोमबार नै पक्राउ गरी अनुसन्धान जारी रहेको बताएको हो ।
केआईआईटी विश्वविद्यालयमा आइतबार राति २० वर्षीया लम्साल मृत फेला परेकी थिइन् । उनी कम्प्युटर विज्ञानको तेस्रो वर्षमा अध्ययनरत थिइन् ।
प्रहरीका अनुसार सोही विश्वविद्यालयको बीटेक मेकानिल तेस्रो वर्षमा अध्ययनरत २४ वर्षीय सिद्धान्त सिग्देलले इन्फोसिटी प्रहरी थानामा आइतबार उजुरी दर्ता गरेका थिए । उजुरीमा बीटेक मेकानिल तेस्रो वर्षमा अध्ययनरत २१ वर्षीय अद्विक श्रीवास्तवाले दुर्व्यवहार गरेपछि लम्सालले आत्महत्या गरेको उल्लेख थियो ।
उजुरीका आधारमा सोही दिन श्रीवास्तावविरुद्ध आत्महत्या दुरुत्साहनको एफआईआर दर्ता गरिएको प्रहरीको भनाई छ । प्रहरीले सोमबार श्रीवास्तवलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको पनि जानकारी दिएको छ ।
प्रहरीले श्रीवास्तवको दस्ताबेज र विद्युतीय उपकरणहरू प्रहरीले प्रमाणका रूपमा संकलन गरेको र यसबारे अनुसन्धान जारी रहेको बताएको छ ।
यता, विश्वविद्यालयमा प्रदर्शनरत नेपाली विद्यार्थीहरूलाई घर फर्कन निर्देशन जारी गरेकोमा त्यसलाई फिर्ता लिई विद्यार्थीहरूलाई फिर्ता हुन अपिलसमेत गरिएको प्रहरीको भनाई छ । नेपाली विद्यार्थीहरूको सुरक्षा पनि सुनिश्चित गरिएको जानकारी दिइएको छ । प्रहरीले यस मुद्दामा निष्पक्ष छानबिन हुने प्रतिबद्धतासमेत जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण