कुलमान घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजे: ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजको र सरकारलाई नटेरेको बताए । उनले घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे । राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभए पनि सदस्य परिवर्तन गर्नुपरेको बताए ।
उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको स्पष्ट पारे । उनले बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै तत्कालको अवस्थामा विद्युत् प्रवाहलाई सहज ढङ्गले सुचारु गरिएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्छ : गगन थापा
-
त्रिभुवन विश्वविद्यालयमा भएको तोडफोडप्रति शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण
-
१० बजे १० समाचार : फेरियो राजावादीको रणनीति, बन्धक बन्यो प्रतिनिधिसभा
-
जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने
-
गाजामा २०० पत्रकार तथा मिडियाकर्मीको मृत्यु : इएफजे
-
अब हुलाक टिकटमा रायोको सागदेखि असला माछासम्म...