किट विश्वविद्यालयका संस्थापकसँग राजदूत शर्माले गरे कुराकानी

काठमाडौँ । भारतस्थित नेपाली राजदूत डा.शंकर शर्माले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा भएको नेपाली विद्यार्थी मृत्यु प्रकरणको बारेमा किट विश्वविद्यालयका संस्थापकसँग कुराकानी गरेका छन् । राजदूत शर्माले किट विश्वविद्यालयका संस्थापक अच्युत सामन्तसँग टेलिफोनमा कुराकानी गरी त्यहाँको अवस्थाबारेमा जानकारी लिएका हुन् ।
राजदूत शर्माले सामन्तसँग टेलिफोनमा कुराकानी गर्नुको साथै उनका प्रतिनिधिसँग भेटेर जानकारी लिएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
यो घटनालाई लिएर विश्वविद्यालय दुखी रहेको र यसको विषयमा उपकुलपतिले माफी समेत मागेको सामन्तले बताए । किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो ।
सो घटनालाई लिएर नेपाली विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । मृत्यु प्रकरणका आरोपीलाई प्रहरी पक्राउ पनि गरिसकेको छ । विद्यार्थीहरूलाई विश्वविद्यालयमा फर्काउने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान