किट विश्वविद्यालयका संस्थापकसँग राजदूत शर्माले गरे कुराकानी
काठमाडौँ । भारतस्थित नेपाली राजदूत डा.शंकर शर्माले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा भएको नेपाली विद्यार्थी मृत्यु प्रकरणको बारेमा किट विश्वविद्यालयका संस्थापकसँग कुराकानी गरेका छन् । राजदूत शर्माले किट विश्वविद्यालयका संस्थापक अच्युत सामन्तसँग टेलिफोनमा कुराकानी गरी त्यहाँको अवस्थाबारेमा जानकारी लिएका हुन् ।
राजदूत शर्माले सामन्तसँग टेलिफोनमा कुराकानी गर्नुको साथै उनका प्रतिनिधिसँग भेटेर जानकारी लिएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
यो घटनालाई लिएर विश्वविद्यालय दुखी रहेको र यसको विषयमा उपकुलपतिले माफी समेत मागेको सामन्तले बताए । किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो ।
सो घटनालाई लिएर नेपाली विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । मृत्यु प्रकरणका आरोपीलाई प्रहरी पक्राउ पनि गरिसकेको छ । विद्यार्थीहरूलाई विश्वविद्यालयमा फर्काउने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण