निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग गरेको छ । हालै काठमाडौँमा सम्पन्न १२ औँ महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले संघ, प्रदेश र स्थानीय तहको निजामती सेवा सञ्चालन तथा व्यवस्थापनका लागि संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग गरेको हो ।
तीनै तहमा कार्यरत कर्मचारीहरूलाई माथिल्लो पदमा प्रतिस्पर्धा गर्दा उमेरको हद नलाग्ने व्यवस्था हुनुपर्ने, प्रदेश र स्थानीय तहमा समायोजनपछि तह वृद्धि भई अवकाश भएका कर्मचारीको सेवा सुविधा तहवृद्धि भएकै अवस्थाको उपलब्ध गराउन संगठनले माग गरेको छ ।
महाधिवेशनमार्फत उच्चस्तरीय तलब सुझाव आयोगको प्रतिवेदनको सुझाव अनुसार कर्मचारीको तलब भत्ता लगायतका सेवा सुविधा आगामी बजेटबाट कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरिएको संगठनका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।
महाधिवेशनले भवानी न्यौपाने दाहालको अध्यक्षतामा १ सय ७१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको संगठनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण