अपराध
राम बहादुर बम्जनविरुद्ध सवा ८ करोडको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता
मङ्गलबार, ०६ फागुन २०८१, १८ : ५०
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राम बहादुर बम्जनविरुद्ध सवा ८ करोडको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ । मंगलबार विभागले बम्जनविरुद्ध 'यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको भन्ने कसुर'मा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त पत्र बमोजिम जाँचबुझ तथा अनुसन्धान गरी सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो ।
प्रतिवादी बम्जनले सो कसुरबाट आर्जन गरेको सम्पत्तिको गैरकानुनी रूपमा स्रोत लुकाउने छल्ने लगायत निषेधित कार्य गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य स्थापित हुन आएको विभागको दाबी छ । बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरिएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण