संघीय संरचनाको विकास, विस्तार र सुदृढीकरण निरन्तर चलिरहेको छ : मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघर्ष र आन्दोलनहरुबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको चरणमा रहेको बताएका छन् । संघीय संरचनाको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहेको उनले बताए ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री लामाले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई कार्यान्वयन तर्फ अग्रसर रहेको बताए। सोही अनुसार संघीयता कार्यान्वयन गर्दै गठन भएको बागमती प्रदेश सरकारले विकास निर्माण तथा आर्थिक समृद्धिको काम अघि बढाएको उनले बताए । राजनीतिक सङ्क्रमणकाल समाप्त भई मुलुकको आर्थिक, सामाजिक, रूपान्तरणसंगै आम जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यमा प्रदेश सरकार कटिबद्ध रहेको उनको भनाई छ ।
'हामी विगत सात दशक यताका सबैखाले संघर्ष र आन्दोलनहरुबाट प्राप्त उपलब्धिको रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको चरणमा छौँ । यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहेको छ।' उनले भनेका छन्, 'लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक, रूपान्तरण सहित आम जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको बागमती प्रदेश सरकार, बागमती प्रदेशको विकास र समृद्धिका लागि दृढ रहेको विश्वास दिलाउन चाहन्छु ।'
लोकतन्त्रको जगेर्ना गर्दै संघीयताको सवलीकरण र गणतन्त्र सुदृढ गर्न एकताबद्ध भई अघि बढ्न उनले आगरह गरे । समुन्नत राष्ट्र निर्माणमा एकजुट भएर योजनाबद्ध रूपमा काम गर्न उनले अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण