सेन्सरमा रोकिएको हो ‘ताण्डवम्’ ?
काठमाडौँ । फिल्म ‘ताण्डवम्’ सेन्सरमा रोकिएको छ । फिल्म भित्र अत्यधिक हिंसात्मक दृश्य भएको भन्दै फिल्मलाई सेन्सर रोकेको हो ।
फिल्म जुनिम गहतराजले निर्देशन गरेका हुन् । फिल्मको मंगलबार सेन्सर भएको थियो । सेन्सरमा फिल्म हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्यधिक हिंसात्मक दृश्य काटेर ल्याउन भनेको निर्देशक गहतराजले जानकारी दिए । ‘केही दृश्यहरू अत्यधिक हिंसात्मक भयो भन्दै फिल्म सेन्सरमा रोकिएको छ’, निर्देशक गहतराजले भने ‘अब, ती दृश्यहरू काँटेपछि फिल्मको जुन मर्म छ त्यो मर्छ ।’ दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिन सेन्सर गरेका आग्रह समेत अस्वीकार भएको उनले सुनाए ।
फिल्म सेन्सरमा नरोकिएको चलचित्र सेन्सर बोर्डका सदस्य भूपेन्द्र कुमार खड्काले बताए । ‘फिल्ममा रहेको केही नकारात्मक प्रभाव पार्ने हिंसात्मक दृश्य हटाएर ल्याउन बोर्डले आग्रह गरेको हो’, खड्काले भने ‘फिल्ममा समाजमा नकारात्मक प्रभाव पार्ने खालका महिला माथि हिंसात्मक दृश्य छ ।’
शुक्रबारदेखि रिलिजमा आउने फिल्म सेन्सरमा रोकिएपछि रिलिज के हुने हो भन्ने अहिले अन्योल छ ।
फिल्ममा निर्देशक जुनिम सहित सरिना मगर, अंकित खड्का लगायतका कलाकारहरूको अभिनय छ । फिल्म बदलाको कथामा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण