मस्कले आधिकारिक निर्णय लिन सक्दैनन् : ह्वाइट हाउस
वासिङ्टन डीसी । अमेरिकाका खर्बपति व्यापारी एलन मस्क राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार मात्रै भएको अमेरिकामा राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अदालतमा जवाफ दिएको छ । उनी सरकारी दक्षता विभाग (डज) का कर्मचारी नभएको त्यसैले उनीसँग सरकारभित्र निर्णय लिने कुनै अधिकार नभएको बताइएको छ ।
न्यु मेक्सिकोको नेतृत्वमा १४ अमेरिकी राज्यहरूले ट्रम्प र मस्क विरुद्ध वासिङ्टन डीसीको सङ्घीय अदालतमा मुद्दा दायर गरेका थिए । मस्कलाई डजको प्रमुखमा नियुक्त गरेकोमा यी राज्यहरू रुष्ट छन् । राज्यहरूका अनुसार डजको प्रमुख बनेपछि मस्कले अथाह शक्ति प्राप्त गरेको अनि यो अमेरिकी संविधानको उल्लङ्घन भएको उनीहरूको तर्क थियो ।
मस्कको भूमिका केवल एक सल्लाहकारको भएको ह्वाइट हाउसका प्रशासन कार्यालयका निर्देशक जोशुआ फिशरले अदालतलाई भने । उनको काम केवल राष्ट्रपतिलाई सल्लाह दिने र प्रशासनबाट कर्मचारीहरूसम्म निर्देशन पुर्याउनु भएको पनि उनले बताए ।
मस्कले यस्तो शक्ति पाउनु संविधानका लागि खतरा
मुद्दाका अनुसार ट्रम्पले मस्कलाई सरकारी कार्यबल हटाउन र सम्पूर्ण विभागहरूलाई एकैचोटि खारेज गर्न दिएको असीमित शक्ति यस देशलाई स्वतन्त्रता दिने मानिसहरूका लागि अत्यन्तै स्तब्धकारी थियो । मुद्दामा भनिएको छ– ‘देशको सम्पूर्ण शक्ति निर्वाचित नभएको व्यक्तिको हातमा आउनुभन्दा ठुलो खतरा लोकतन्त्रको लागि अरू के हुन सक्छ ?’
मस्क जस्तो अधिकार भएको व्यक्तिलाई औपचारिक रूपमा राष्ट्रपतिद्वारा मनोनीत र सिनेटद्वारा अनुमोदन गर्नुपर्ने आवश्यकता संविधानको नियुक्ति खण्डले भनेको छ । संविधानले अमेरिकी राष्ट्रपतिलाई कार्यकारी शाखाको संरचना र सरकारी खर्चलाई नियन्त्रण गर्ने विद्यमान कानुनहरू परिवर्तन गर्ने अधिकार नदिएको पनि मुद्दामा भनिएको छ । देशको राष्ट्रपतिलाई नयाँ सङ्घीय एजेन्सीहरू सिर्जना गर्ने वा कुनै पनि एजेन्सी खारेज गर्ने अधिकार नभएको पनि बताइएको छ ।
मस्क ह्वाइट हाउसको सल्लाहकार भन्दा निकै बढी देखिएका छन् । मस्कले कम्तीमा १७ सङ्घीय एजेन्सीहरूमा हस्तक्षेप गरेको पनि मुद्दामा उल्लेख छ । राज्यहरूले सरकारको आधिकारिक स्तरमा मस्कले अहिलेसम्म गरेका सबै कार्यहरूलाई गैरकानुनी घोषित गर्न माग गरेका छन् ।
डजका प्रमुख नियुक्त भएदेखि मस्क विरुद्ध दायर गरिएको यो दोस्रो मुद्दा हो । यसअघि उनीविरुद्ध मेरिल्यान्डको सङ्घीय अदालतमा पनि संविधानको उल्लङ्घन गरेको दाबीसहित मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण