होली खेल्न उपेन्द्र यादव कतार प्रस्थान
बुधबार, ०७ फागुन २०८१, १९ : ००
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कतार भ्रमणका लागि आज प्रस्थान गरेका छन् ।
नेपाली समाज कतार, मधेस प्रदेश समन्यव परिषद् कतार तथा उक्त परिषद् अन्तर्गत कतारमा रहेका विभिन्न संघ संस्थाले आयोजना गर्ने होली महोत्सव, रमादान पर्व, शुभकामना अदान प्रदान कार्यक्रममा भाग लिनका लागि उनी कतार प्रस्थान गरेका हुन् ।
मधेस प्रदेश समन्वय समिति कतारको चौथो स्थापना दिवस पनि त्यहाँ रहेको छ ।
उक्त कार्यक्रममा पनि उनी सहभागी हुने बताइएको छ । एयर इन्डियाको विमानबाट भारतको नयाँ दिल्ली हुँदै कतार प्रस्थान गरेका हुन् । फागुन १२ गते दुबई हुँदै साँझ हिमालय एयरलाइन्सको विमानबाट स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण