ज्ञान निकेतन, रिलायन्स र ग्रिन लन्सलाई उपाधि
काठमाडौँ । ज्ञान निकेतन, रिलायन्स रेसिडेन्सियल र ग्रिन लन्सले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । ज्ञान निकेतन सिनियर ब्वाइज, रिलायन्स सिनियर गर्ल्स र ग्रिन लन्स जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् ।
पिङलास्थानस्थित आयोजक हिमाली बोर्डिङ स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले विल्सन एकेडेमीलाई ७२–६१ ले पराजित गर्यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले २१ अंक जोडे ।
सिनियर गर्ल्सको उपाधि भिडन्तमा रिलायन्सले हिमालीलाई ४४–३५ ले हरायो । रिलायन्सकी एलिशा तामाङले १६ स्कोर गरिन् ।
जुनियर ब्वाइजको फाइनलमा ग्रिन लन्सले सम्भावीमाथि ४०–२५ को जित दर्ता गर्यो । ग्रिन लन्सका देव देउलाले २२ अंक बटुले ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनका दिप्सन अधिकारी, सिनियर गल्र्समा रिलायन्सकी एलिशा र जुनियर ब्वाइजमा ग्रिन लन्सका देव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा केयर इङलिस, सिनियर गर्ल्समा क्यान्भास र जुनियर ब्वाइजमा इस्टपोल अनुशासित टिम बने ।
विजेतालाई संघीय सांसद कान्तिका सेजुवाल, हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्याय, हिमालीका चेयरम्यान जगदीश्वर बराल र को–ओर्डिनेटर कल्पना बोहरा, हेम्सका प्रिन्सिपल एसके गौतमलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । सिनियर ब्वाइजमा १४ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान ८–८ टिम सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण