उडिसाका मुख्यमन्त्रीले गरे नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन आग्रह
काठमाडौँ । भारतको उडिसाका मुख्यमन्त्री मोहन चरण माझीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो पढाइ पुनः सुचारु गर्न आग्रह गरेका छन् ।
उनले नेपाली दूतावासका काउन्सिलर संजीव दास शर्मा र नवीन राज अधिकारीसँग कुरा गर्दै सो आग्रह गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
मृतक केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको मुद्दामा न्याय प्रदान गरिने आश्वासन दिँदै उनले केआईआईटी क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित हुने पनि आश्वासन दिए ।
केआईआईटीमा सामान्य अवस्थाको पुनर्स्थापनालाई सुनिश्चित गर्न उडिसाका मन्त्री मुकेश महालिङ र सूर्यवंशी सुरज, मुख्यसचिव मनोज आहुजाले नेपालका अधिकारीहरूसँग स्टेट गेस्ट हाउसमा छलफल गरेका थिए । साथै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यस विषयमा त्यहाँका मन्त्री सूर्यवंशी सुरजसँग फोन वार्ता गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण