राजेन्द्र लिङ्देनले भने– पूर्वराजाको सन्देशले राजसंस्था पुनर्स्थापना गर्नुपर्ने हाम्रो एजेण्डामा बल पुर्यायो
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनर्स्थापना गर्नुपर्ने आफूहरुको एजेण्डामा थप बल पुर्याएको बताएका छन् ।बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले आफूहरू समयदेखि राजसंस्थाको पुनर्स्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा रहेको उल्लेख गर्दै उक्त भिडियो सन्देशले थप उत्साहित भएको बताए । उनले राप्रापाले राजसंस्थाको पुर्नस्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहति सातवटै प्रदेशमा सभाको आयोजना गर्ने समेत बताए ।
अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनःस्थापनको लागि सभामार्फत सबै राजनीतिक दलहरुलाई आह्वान गर्ने समेत बताए । उनले पूर्वराजा शाहद्वारा जारी भिडियो सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरूबिच सहकार्य र समन्वयको लागि बाटो खुला भएको समेत दाबी गरे ।
उनले भने, ‘हामी लामो समयदेखि नै नेपालमा अभिभावकीय संस्थाको रूपमा राजसंस्थाको पुनर्स्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, हिन्दु राष्ट्र, सुशासनको विषयमा अभियान र आन्दोलनमै छौँ । त्यो क्रममा अहिले हामी सातवटै प्रदेशमा भण्डाफोर सभाहरू गरिराखेका छौँ ।’
अध्यक्ष लिङ्देनले पूर्वराजाको आह्वानलाई व्यवहारमा कार्यान्वयन गर्नको लागि वार्ता र आन्दोलनको माध्यमबाट अघि बढ्ने समेत स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण