तेमालमा बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
बिहीबार, ०८ फागुन २०८१, ०८ : २०
काभ्रे । तेमालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा परी तेमाल गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
दुर्घटनामा परी बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा धादिङबाट विवाहको जन्ती पुर्याएर फर्किने क्रममा ना ४ ख ८८१७ खाली बस ट्रनिङमा ब्याक गर्ने क्रममा बिहीबार बिहान ५:४० बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण