संविधान सभा सदस्य सापकोटाको निधन
बिहीबार, ०८ फागुन २०८१, ०९ : १६
काठमाडौँ । संविधान सभाका सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।
सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले जनाएको छ ।
५९ वर्षीय सापकोटाले नेकपा (एमाले) काभ्रेपलान्चोकको लामो समय नेतृत्व गरेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन अवस्थामा काभ्रे निर्वाचन क्षेत्र ४ बाट निर्वाचित भएका थिए ।
सापकोटाको पार्थिव शरीर बिहीबार पार्टी कार्यालय आलोकनगरमा केहीबेर श्रद्धाञ्जलीका लागि राखेर आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने एकीकृत समाजवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण