सर्लाहीमा हात्ती आतंक : वर्षौंको मेहनत एकै रातमा सखाप
बिहीबार, ०८ फागुन २०८१, ०९ : ३७
सर्लाही । सर्लाहीमा दुई दिनयता जङ्गली हात्तीको समूहले आतंक मच्चाइरहेको छ। महोत्तरीको गौशालातर्फबाट बाँके खोला पार गरी आएका पाँचवटा हात्तीले स्थानीय बस्तीमा व्यापक क्षति पुर्याएका छन्।
लालबन्दी नगरपालिका–१७, रानिगन्जका किसान शिवहरि गौतमले व्यावसायिक रूपमा थालेको केरा खेती हात्तीको आक्रमणले तहसनहस बनेको छ। हात्तीले २०० भन्दा बढी केराको बोट नष्ट गर्नुका साथै वरपरका किसानको मकैबालीसमेत सखाप पारेको छ।
यसअघि मंगलबार राति ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा हात्तीको समूहले ८६ वर्षीय धनमाया तामाङको कच्ची घर भत्काइदिएको थियो। दिनहुँ दोहोरिने यस्ता घटनाले स्थानीयवासी त्रसित भएका छन्।
हात्ती आतंक रोकथामका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण