आईसीसी च्याम्पियन्स ट्रफी
घरेलु मैदानमा उपाधि चुम्ने एकमात्र राष्ट्र
बिहीबार, ०८ फागुन २०८१, १३ : ०५
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको इतिहासमा घरेलु मैदानमा उपाधि जित्ने एकमात्र टोली श्रीलंका हो । अन्य कुनै पनि टोलीले घरेलु मैदानमा च्याम्पियन्स ट्रफीको उपाधि चुम्न सकेका छैनन् । सन् २००२ को च्याम्पियन्स ट्रफी श्रीलंकामा आयोजना भएको थियो ।
श्रीलंका र भारत प्रतियोगिताको फाइनलमा पुगेका थिए । पहिलो दिनको फाइनल खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि फाइनल खेल सेप्टेम्बर ३० तारिखका लागि सारिएको थियो । तर, वर्षाका कारण त्यो दिन पनि फाइनल खेल रद्द हुन पुग्यो ।
दोस्रो दिन खेलिएको फाइनल पनि वर्षाका कारण प्रभावित भएपछि श्रीलंका र भारत दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिएको थियो । यसरी श्रीलंका घरेलु मैदानमा उपाधि जित्ने एकमात्र राष्ट्र बन्न पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण