रियल म्याड्रिडका प्रशिक्षक भन्छन्– ‘एमबाप्पेले क्लबमा छिट्टै रोनाल्डोको स्थान लिनेछन्’
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका प्रमुख प्रशिक्षक कार्लो एन्सेलोट्टीले फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले भविष्यमा क्लबमा पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिने विश्वास व्यक्त गरेका छन् ।
यूईएफए च्याम्पियन्स लिगको बुधबार राति खेलिएको खेलमा रियल म्याड्रिडले प्रभावशाली प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले हराएको थियो । उक्त खेलमा रियल म्याड्रिडका लागि एमबाप्पेले ह्याट्रिक गरेका थिए । उक्त खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक एन्सेलोट्टीले छिट्टै नै एमबाप्पेले क्लबमा रोनाल्डोको स्थान लिने धारणा व्यक्त गरेका हुन् । २६ वर्षीय स्ट्राइकर एमबाप्पे सन् २०२४ मा रियल म्याड्रिडमा आबद्ध भएका थिए ।
त्यसअघि उनले लामो समय फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यवासायिक फुटबल खेलेका थिए । समकालिन विश्व फुटबलका महान खेलाडीमध्येका एक पोर्चुगिज स्टार रोनाल्डो भने सन् २०१८ मा रियल म्याड्रिडबाट बाहिरिएका थिए ।
नौ वर्ष रियल म्याड्रिडमा बिताएका रोनाल्डोले क्लबका लागि चार सयभन्दा बढी गोल गरेका थिए । उनी रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनी हाल साउदी अरेबियन क्लब अल–नासरबाट व्यवसायिक फुटबल खेल्छन् ।
‘एमबाप्पे निकै क्षमतावान खेलाडी हुन् । मलाई विश्वास छ, उनले क्लबमा एक दिन रोनाल्डोको स्थान लिनेछन् । तर, यसका लागि उनले थप परिश्रम गर्नु आवश्यक छ । किनभने रोनाल्डोले क्लबमा हासिल गरेको उपलब्धि निकै अग्लो छ,’ प्रशिक्षक एन्सेलोट्टीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण