बेलुन विष्फोट प्रकरण
पोखरा महानगरपालिकाका मेयर आचार्य डिस्चार्ज
बिहीबार, ०८ फागुन २०८१, १४ : ४४
काठमाडौँ । ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् ।
काठमाडौँको किर्तिपुर अस्पतालमा उपचाररत उनी बिहीबार डिस्चार्ज भएका हुन् । सोही घटनामा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल भने तीन दिनअघि नै डिस्चार्ज भएका थिए ।
एक विज्ञप्ति जारी गर्दै आचार्यले उपचारमा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन् । उनले यस कठिन समयमा स्वास्थ्यलाभको कामना गर्दै आत्मीय स्नेह, आशीर्वाद र हौसला प्रदान गर्ने राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनालसहित सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण