तारकेश्वरमा पिकअप भ्यानले मोटरसाइकल र स्कुटरलाई ठक्कर दियो, २ जना घाइते
बिहीबार, ०८ फागुन २०८१, १५ : ०५
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित जरङ्खु पुल नजिकै पिकअप भ्यानले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बा.२० च ३५८६ नम्बरको पानी बोकेको भ्यानले प्रदेश ३-०२००४ प ६५३३ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२ ००१ ब ४५७३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक सञ्जय पाण्डे र स्कुटर चालक राजकुमार लामा घाइते भएका छन् ।
राजकुमारको टाउको र अनुहारमा चोट लागेको छ । उनको ग्रान्डि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
मोटरसाइकलको पछाडि बस्ने बिपना भण्डारीको अवस्था सामान्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण