युरोपा लिगको अन्तिम १६ मा पुग्ने सबै आठ टोलीको टुंगो, रियाल सोसिडाडको शानदार प्रदर्शन
शुक्रबार, ०९ फागुन २०८१, ०५ : ०४
काठमाडौं । युरोपा लिगको अन्तिम १६ मापुग्ने सबै आठ टोलीको टुंगो लागेको छ । बिहीबार राती भएका नकआउट चरण प्लेअफ दोस्रो लेगका खेलमास्पेनको रियाल सोसिडाड ५-२ को जित निकाल्दै समग्रमा ७-३ ले अघिल्लो चरण प्रवेश गर्यो ।
उसले डेनमार्कको मिडिजिल्याण्डविरुद्ध दुबै लेगमा जित निकाल्यो । उता, पोर्चुगलको एफसी पोर्टोलाई हराउँदै इटालीको एएस रोमा अन्तिम १६ मा पुगेको छ । रोमाले ४-३ को संघर्षपूुर्ण जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो ।
यस्तै, नर्वेको बोडो ग्लिम्ट, रोमानियाको एफसीएसबी, टर्कीको गालातासारे, नेदरल्याण्डसको आयाक्स, टर्कीको फेनरबेश र चेक गणतन्त्रको भिक्टोरिया प्लेजेन अन्तिम १६ मा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण