ट्रम्पलाई बालेनको जवाफ– हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । नेपाललाई दिएको अनुदानलाई लिएर ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उनले अमेरिकी नागरिक अल्छी भएको बताएका छन् ।
उनले भनेका छन्– 'प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्। तपाईँ अल्छी मानिसहरू यसको लागि बाँकी संसार चाहिन्छ।'
शाहले ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिएका छन् । उनले थप लेखेका छन्– 'कृपया आफ्नो अभिलाषा (DV) दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ। आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण