फ्राइडे रिलिज : फिल्म हलमा ‘ताण्डवम्’
काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘ताण्डवम्’ प्रदर्शनमा आएको छ । फिल्मले एकल रिलिजको अवसर पाएको हो । यद्यपि, देभरका फिल्म हल ‘ताण्डवम्’ले मात्र पाएको छैन । किनभने अघिल्ला साता रिलिज भएका ‘रंगी’, ‘दुखी आत्मा’ लगायत केही फिल्मले अझै केही हल ओगटेर बसेको छ ।
‘ताण्डवम्’ बिहीबार मात्र सेन्सर पास भएको फिल्म हो । केही दिनअघि सेन्सर बोर्डले अत्यधिक हिंसात्मक दृश्य भएको भन्दै सेन्सरमा रोकेको थियो । बिहीबार फिल्मको निर्माण पक्षले सेन्सरले आपत्ति जनाएका करिब १० मिनेट लामो हिंसात्मक दृश्य सम्पादन गरेपछि फिल्मले प्रदर्शन अनुमति पाएको हो ।
फिल्मलाई सेन्सर बोर्डले १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ हेर्नुपर्ने पिजी सर्टफिकेट दिएको छ । फिल्मका अभिनेता समेत रहेका निर्देशक जुनिम गहतराजले कथाको मर्म नमर्ने गरी फिल्मको हिंसात्मक दृश्य काटिएको जानकारी दिए ।
पहिलो पटक सेन्सर गर्न लैजाँदा २ घण्टा ६ मिनेट लामो फिल्मले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ । पूरा फिल्मबाट करिब १० मिनेट रनटाइम घटाइएको निर्देशक गहतराजले बताए । फिल्मको सेन्सर पास भएसँगै बिहीबार नै अग्रिम टिकट बुकिङ खुला गरिएको थियो ।
फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ । फिल्मले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरू जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरेको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको यो फिल्ममा निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट् बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण