एकीकृत समाजवादीको सदस्यता शुल्क वार्षिक १ सय रुपैयाँ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी सदस्यता शुल्क वापत सदस्यहरुबाट वार्षिक सय रुपैयाँ लिने भएको छ । सो पार्टीको आजबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटीमा विधान अनुसार तयार पारेर पेस भएको नियमावली–२०८१ को परिच्छेद २ मा सदस्यता सम्बन्धी व्यवस्था गरिएको छ ।
जसमा पार्टी साधारण सदस्यता लिन आवेदन दिन रु १० तिर्नुपर्ने छ भने संगठित सदस्यताका लागि रु २० तिर्नुपर्ने व्यवस्था गरेको उल्लेख छ । हरेक पार्टी सदस्य र संगठित सदस्यले विधानको धारा २२ बमोजिम पार्टी सदस्यता लिन रु एक सय र संगठित सदस्यका लागि रु २ सय तिर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यसरी लिइएको सदस्यता शुल्कको १५ प्रतिशत केन्द्रीय कमिटीमा, १५ प्रतिशत प्रदेशमा, १५ प्रतिशत जिल्लामा, १५ प्रतिशत सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटीमा, १५ प्रतिशत सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटीमा, १५ प्रतिशत नगर वा इलाका र १० प्रतिशत वडा शाखा कमिटीमा रहने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण