कुनै पार्टीसँग एकताको सम्भावना छैन : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी एकताबारे कुप्रचारको भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।
केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव बर्षमान पुनले एकीकृत समाजवादीसँग चाँडै एकता हुने बताएका थिए । त्यसकोे जवाफ दिँदै अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीसँग जोडेर अनेक प्रचार आउने गरेका छन्, कहिले पार्टी एमालेसँग मिल्ने भयो भनेर, कहिले माओवादीसँग मिल्न जाने भयो भनेर,’ अध्यक्ष नेपालले भने, ‘यस्ता कुप्रचार भइरहेका छन्, कुनै पनि कुप्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन ।’
उनले आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै पार्टी सशक्त बनाउन सकेमात्र क्रान्तिकारी धारको बलियो शक्ति बन्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण