अमेरिकाले भिसा नपत्याएपछि गायक सुजन चापागाईको अमेरिका कार्यक्रम अनिश्चित
काठमाडौँ । चर्चित गायक सुजन चापागाईको अमेरिका कार्यक्रम अनिश्चित भएको छ । अमेरिकाले ब्यान्डका सबै सदस्यलाई भिसा नदिएको कारण कार्यक्रम अनिश्चित भएको हो ।
गायक चापागाईले सामाजिक सञ्जाल मार्फत अमेरिकाले भिसा नदिएको कुरा उल्लेख गरेका छन् । उनले यही मिति २०२५ मार्चदेखि अमेरिकाको विभिन्न राज्यका विभिन्न सहरमा तय भएको हाम्रो साङ्गीतिक यात्रा ‘आरोह अमेरिका टुर –सुजन चापागाईं एण्ड द ब्याण्डे’ कार्यक्रम हाललाई अनिश्चित भएको बताएका छन् ।
‘नेपालस्थित अमेरिकी राजदूतावासमा आज भिसाको लागि भएको अन्तरवार्ताको क्रममा हामी ८ जना ब्यान्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गर्दा पूर्वनिर्धारित कार्यक्रमहरू प्रभावित बनेका छन्’, चापागाईले अगाडि भनेका छन् ‘लामो समयदेखि नेपाली गीतसंगीत मार्फत नेपाली दर्शक श्रोतालाई कसरी गुणस्तरीय सृजना प्रेषण गर्न सकिन्छ भनेर मिहिनेत गरी रहेको कुरा दर्शक श्रोताहरूले बुझिदिनु भएकै छ ।’ उनले २ बर्षको आन्तरिक तयारी पश्चात् अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाइभ जर्नी पुनः सुरुवात गर्ने बाचा पुरा गर्न नसक्ने समेत उल्लेख गरेका छन् ।
उनले यो अनिश्चितताको कारण पर्न गएको असर प्रति सम्पूर्ण आयोजक, दर्शक तथा शुभचिन्तक प्रति क्षमा समेत मागेका छन् । उनले हामी पुनः भेट्ने बाचा समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण