‘होस्टेल ३’को ट्रेलर : रोमाञ्चक कथा र युवा उमङ्ग
काठमाडौँ । फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।
ट्रेलरमा अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् । ट्रेलरमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकार पनि देखिएका छन् ।
सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म फागुन २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
फिल्मको निर्देशन सशान कँडेलले गरेका हुन् । माधव शर्माको लेखन, सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता रहेको फिल्मका सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।
अर्जुन तिवारीको छायाङ्कन, विकास दाहालको सम्पानदन रहेको फिल्ममा हिमाल केसीको एक्सन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण