उडिसाबाट सुनौली नाका भएर ३६ जना विद्यार्थी नेपाल फर्किए
बुटवल । उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि नेपाली विद्यार्थी विभिन्न नाका हुँदै घर फर्कन थालेका छन् ।
रुपन्देहीको सुनौली नाकाबाट हालसम्म ३६ जना विद्यार्थी घर फर्किएको इलाका प्रहरी कार्यालय बेलहिया प्रहरी निरीक्षक मुकेश न्यौपाने रातोपाटीलाई बताए । उनले २ दिनमा ३६ जना नेपाल फर्किएको बताए ।
दुई जना स्याङ्जा, कास्की, धनगढी, नेपालगन्जका एक–एक गरी ५ जना रहेका छन् भने अन्य ३१ जना लुम्बिनी प्रदेशका रहेको प्रहरीले जनाएको छ ।
उक्त कलेजको होस्टेलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत भैरहवाकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि कलेजमा आन्दोलन भएपछि विद्यार्थीहरू नेपाल फर्किएका हुन् । मृतक लम्सालको शव नेपाल ल्याएर परिवारले भैरहवामा दाहसंस्कार समेत गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण