विद्यार्थीहरूले विद्यालयको फोहर वर्गीकरण गरेर विक्री गर्न थाले
काठमाडौँ । हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आय आर्जन गर्न थालेका छन् । यो विद्यालय काठमाडौँ महानगरपालिकाभित्रका वडा नं. २२ नयाँ सडकमा छ ।
सामुदायिक विद्यालयमा महानगरपालिकाले कार्यान्वयन गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत गठन गरिएको वातावरण र वालबालिका (वावा) उपसमूहका विद्यार्थीहरू विद्यालयको सरसफाइ गर्दा बटुलिएको फोहर वर्गीकरण गरेर विक्री गर्न थालेका हुन् । विद्यालयमा सफाइ गर्दा संकलन भएको कागज, कडा प्लाष्टिक, रवर, खाना प्याकिङ् गर्ने खोल सुख्खा सामानलाई छुट्टाछुट्टै ठाउँमा राख्छन् । सामान्यतया कुहिने र नकुहिने गरी फोहरलाई २ वटा बाल्टिनमा राख्ने गरिएको पाइन्छ । यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा ४ खण्ड छन् । बिचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा ८ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यावसायिक रूपमा विक्री गर्ने व्यवसायको जस्तै देखिन्छ ।
शुक्रबार महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, विद्यार्थीहरूको फोहर विक्री गर्ने अभ्यास अवलोकन गरिन् । यसक्रममा उनले विद्यार्थीहरूलाई फोहर कहाँबाट प्राप्त गर्नुहुन्छ? प्राप्त भएको फोहर कसरी वर्गीकरण गर्नुहुन्छ? सरसफाइ र फोहर वर्गीकरण गर्दा व्यक्तिगत सुरक्षाका लागि के के गर्नुहुन्छ? जस्ता प्रश्न सोधेर व्यवहारिक ज्ञानका बारेमा जानकारी लिएकी थिइन् । उ
उनीहरुले उपप्रमुखकै अगाडि धरमनाथ जैसवाललाई फोहर विक्री गरे । यसबाट प्राप्त भएको रकम ग्रहण गरे ।
उपलब्ध ठाउँमा विद्यार्थीहरूले गरेको यो प्रयासको प्रशंसा गर्दै उपप्रमुख डङ्गोलले, थालिएको कामलाई निरन्तर सञ्चालन गर्न प्रोत्साहन गरिन् ।
कार्यक्रमका साझेदारका तर्फबाट एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नवीन विकास महर्जनले, फोहर व्यवस्थापन अभ्यास प्रयोगमा आउन थालेपछि आकाशे पानी पुनःभरणको कार्यक्रम कार्यान्वयन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण