तनहुँमा लक्ष्यको ९९ प्रतिशतलाई एचपिभी खोप लगाइयो
दमौली । जिल्लामा लक्ष्यको ९९ प्रतिशत छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ । जिल्लामा रहेका दश स्थानीय तहका १४ हजार एक सय ३५ छात्रालाई उक्त खोप लगाइएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाका १४ हजार दुई सय ७८ छात्रालाई खोप लगाउने लक्ष्य रहेकामा करिब ९९ प्रतिशतले लगाएका कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जनाउँदै जिल्लामा दुई चरणमा खोप अभियान सम्पन्न भएको उल्लेख गरे ।
पहिलो चरणमा व्यास र भानु नगरपालिका तथा देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका साथै दोस्रो चरणमा शुक्लागण्डकी र भिमाद नगरपालिका तथा म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान सम्पन्न भएको अधिकारीले जानकारी दिए ।
विद्यालय जाने कक्षा छ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सयलाई खोप खोप लगाउने लक्ष्यसहित प्रत्येक विद्यालयमा खोप केन्द्र कायम गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण