पत्रकार महासङ्घ युकेद्वारा राजदूत घिमिरेलाई दूतावासमा स्वागत
लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले स्वागत गरेको छ । शाखा अध्यक्ष विमला सेनेको नेतृत्वमा शुक्रवार साँझ लन्डनस्थित नेपाली दूतावास भवनमा पुगेर शाखा पदाधिकारीहरूले राजदूत एवम् धर्मपत्नी सरिता न्यौपाने घिमिरेलाई स्वागतसहित शिष्टाचार भेट गरेका हुन् ।
अध्यक्ष सेनेले राजदूत घिमिरे सम्पत्तिलाई खादा र पुष्प गुच्छासहित महासङ्घका तर्फबाट स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिइन् । उनले स्वागतको अवसर दिएकामा राजदूतप्रति आभार व्यक्त गर्दै महासङ्घ दूतावाससँग सहकार्य गर्न तयार रहेको समेत बताइन् ।
परिचयात्मक कार्यक्रमपछि बोल्दै राजदूत घिमिरेले व्यस्तता बाबजुद आफ्नो स्वागत गरेकामा महासङ्घलाई धन्यवाद दिए । राजदूत घिमिरेले बेलायतका पत्रकारहरू पत्रकारितामा सक्रिय र सशक्त रहेको थाहा पाउँदा खुसी लागेको बताए । ‘देश र समाज निर्माणमा तपाईँहरूको भूमिका महत्त्वपूर्ण छ । आफ्नो व्यावसायिक धर्म सधैँ निर्वाह गर्नु नै हुनेछ’( राजदूतले भने ।
महासङ्घ पदाधिकारीहरूलाई सत्य तथ्य समाचार सम्प्रेषण गर्न सुझाव दिँदै घिमिरेले दूतावासले महासङ्घबाट सधैँ रचनात्मक सुझाव सल्लाह अपेक्षा गरेको उल्लेख गरे ।
सो अवसरमा अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट, सचिव विश्वासदीप तिगेला, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सल्लाहकारद्वय नरेश खपाङ्गी मगर र नवीन पोखरेल, सदस्यहरु नगेन्द्र नेम्वाङ, बम थापा सूर्यवंशी र गोमा राना एवं केन्द्रीय प्रतिनिधि दूत पुनको उपस्थिति थियो । उक्त सौहार्दपूर्ण भेटमा पत्रकारहरूले विभिन्न सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण