‘चोली तुना...’मा पण्डित बाजेको नजर
काठमाडौं – दीपक ओलीद्वारा निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’को पहिलो गीत रिलिज गरिएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘चोली तुना...’ बोलको गीत रिलिज गरिएको हो । लोकलयमा आधारित यो गीतलाई दर्शक श्रोताले मन पराउने निर्देशक ओली बताउँछन् ।
श्रीकृष्णबम मल्ल र मीना निरौलाको स्वर रहेको गीतमा संगीत श्रीकृष्णबम मल्लकै छ । शब्द कृष्ण केसी तथा नृत्य निर्देशन विक्रम स्वाँरको हुन् ।
गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् भने छायाँकन विदुर पाण्डे रहेका छन् ।
रिलिजको डेट कुरेर बसेको ‘पण्डित बाजेको लौरी’को कथा, पटकथा र सम्वाद महेश दवाडीको हो । फिल्ममा थम्नकुमार भण्डारी र किशोर खड्काको लगानी छ ।
फिल्ममा भोलाराज सापकोटा, प्रवीन खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिस्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र वीक, विशाल पहारी, कुलदीप अधिकारीको मुख्य भूमिकामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाउँदा फस्यो पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण