सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

अक्षय कोषका लागि शर्माको सहयोग

शनिबार, १० फागुन २०८१, १५ : ४५
शनिबार, १० फागुन २०८१

काठमाडौँ । गैरआवासीय नेपाली अभियन्ता आरके शर्माले चितवनको भरतपुरस्थित सक्रिय टोल विकास संस्थालाई आर्थिक सहयोग गरेका छन्  ।

सोही ठाउँका स्थानीय समेत रहेका शर्माले  संस्थाको अक्षय कोषका लागि स्थानीय समेत रहेका शर्माले ५ लाख २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । जुन सहयोग शर्मा र उनकी पत्नी बन्दनाको तर्फबाट प्रदान गरिएको हो । 

साथै सो स्थानमा सडक बढाउनका लागि शर्माले आफ्नो जग्गा समेत दान दिएका छन् । सहयोग गर्ने शर्मालाई एक कार्यक्रमबीच सम्मान समेत गरिएको समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप