कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले नेकपा एमालेसँग सहकार्य गरे पनि सरकारमा सहभागी नभएका काँग्रेस सांसदहरूले खबरदारी गर्नुपर्ने बताएका छन् ।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोइरालाले नेपाली कांग्रेस सत्ता पक्ष भए पनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर कतिपयले कांग्रेस र एमालेबिच सत्ता सहकार्यमा खटपट सुरु भएको अनुमान गरेका थिए ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सांसद कोइरालाले आफ्नो अभिव्यक्ति त्यस्तो भन्न खोजेको नभई पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्ने तर बाहिर रहेका अन्य सांसदहरूले खबरदारी गरिरहनुपर्ने आशय आफ्नो रहेको स्पष्ट पारे । उनले आगामी निर्वाचनमा पनि एमाले नै कांग्रेसको प्रतिस्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरूले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने आफ्नो अभिव्यक्तिको आशय भएको बताए ।
०८२ मंसिरभित्र अधिवेशन नभए देश, लोकतन्त्र र काँग्रेस अप्ठ्यारोमा पर्छ
नेता कोइरालाले ०८२ को मङ्सिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरूको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताए । तोकिएको समय भन्दा पछि धकेलेर अधिवेशन गरे कांग्रेस, लोकतन्त्र र देश कमजोर हुने बताए ।
सांसद कोइरालाले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्छ भन्ने हामी नेपाली कांग्रेसका धेरै कार्यकर्ताहरूको इच्छा छ । ४ वर्षभित्र महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो विधानमा छ । तर केही कारणवश रोकियो भने एक वर्ष नेपाली काँग्रेसको विधानले रोक्न सक्नेछ । तर कुनै पनि हालतमा ०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने केही साथीहरूको तर्क छ, त्यसले नेपाली कांग्रेसलाई कमजोर बनाउँछ, लोकतन्त्र र देशलाई कमजोर बनाउँछ । नेपाली कांग्रेसमा ग्रुपिजमहरु छ ।’
उनले थप भने, ‘अधिवेशनको बेलामा प्यानलहरू बन्छ तर यो कुराहरू अहिले धेरै छिटो भयो भन्ने लाग्छ । मैले त्यसरी भन्न खोजेको होइन । हामी एमाले र नेपाली कांग्रेसको सरकार छ । करिब करिब दुई तिहाइको सरकार छ । दुई तिहाइको सरकार चलाउँदा नेपाली कांग्रेस कतै अप्ठ्यारोमा त पर्दैन भन्ने एउटा छ । हाम्रो भोलिको प्रतिस्पर्धी पनि को हो भन्दा एमाले नै हुन्छ । जो साथीहरू मन्त्रीमण्डलमा सरकारमा जानुभएको छ, ती साथीहरूले एमालेसँग सहकार्य गर । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छौँ तर बाहिर छौँ ।’
उनले भोलिका निर्वाचनमा आफूहरूको प्रतिस्पर्धी एमाले नै हुने बताउँदै त्यसका लागि खबरदारी गरिरहनुपर्ने उनले बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण