प्रेस सेन्टर मधेसको अध्यक्षमा निरज पिठाकोटी
जनकपुर । प्रेस सेन्टर नेपालको पाँचौँ प्रदेश अधिवेशनले पर्साका पत्रकार निरज पिठाकोटीलाई मधेस प्रदेश अध्यक्ष चयन गरेको छ ।
बर्दिबासमा सम्पन्न अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा सप्तरीका गोपाल गुप्ता, उपाध्यक्षमा धनुषाका रामएकवाल महरा, महासचिवमा सिराहाका जिवछ उदासी चयन भएका छन्।
सचिव पदमा धनुषाका विनोद महतो, बाराका रमेश साह, पर्साका रञ्जित पाण्डे, सप्तरीका दीपेन्द्र यादव, महोत्तरीका विष्णु गुप्ता, रौतहटका ओमकिशोर चौधरी चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी महोत्तरीका निरञ्जन साहलाई दिइएको छ।
सदस्यहरूमा धनुषाकी प्रतिभा झा, सिराहाका रामनारायण ठाकुर र आमस्त चौधरी, सप्तरीका महेन्द्र मण्डल, महोत्तरीकी इशारा लामा, पर्साका भरत सर्राफ र सुव्दर हुसेन, सर्लाहीका सन्तोष लामा र सुमन लामा, बाराका उमेश घलान र मुकेशकुमार मेहता चयन भएको
केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज गोविन्द देवकोटाले बताए । उनका अनुसार पहिलो बैठकबाट महिला उपाध्यक्ष मनोनयन गरिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण