लामो प्रतीक्षापछि पृथ्वीमा फर्किने भए अन्तरिक्ष यात्री
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाका अन्तरिक्ष यात्री सुनिता विलियम्स सहयात्री बुच विल्मोरको साथमा विगत आठ महिनादेखि अन्तरिक्षमा छिन् । दुवै जना गएको अन्तरिक्ष यानमा प्राविधिक गडबडी भएपछि जुनको मध्यता दुवै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा बस्न बाध्य छन् ।
लामो समयदेखि उनीहरूलाई फर्काउने मिति सर्दै गएको थियो । तर अब भने उनीहरू फर्कने समय ‘फिक्स’ भएको छ ।
सीएनएनसँगको एक अन्तरवार्तामा, सुनिता विलियम्स र बुच विल्मोरले आफ्नो फिर्तीको समय स्पष्ट पारेका छन् । दुवै अन्तरिक्ष यात्री अर्को महिना पृथ्वीमा फर्कनेछन् । नासाको क्रू–१० मिसन मार्च १२ मा पृथ्वीबाट प्रक्षेपण हुनेछ । यो मिसनमा मार्च १९ मा दुई अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याइनेछ ।
क्रू–१० मिसनले नासाका अन्तरिक्ष यात्री एनी म्याक्लेन र निकोल आयर्स, जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीका अन्तरिक्ष यात्री ताकुया ओनिशी र रोस्कोसमोस अन्तरिक्ष यात्री किरिल पेस्कोभलाई छ महिनाको मिसनमा आईएसएसमा लैजानेछ ।
क्रू–१० अन्तरिक्षमा पुगेपछि, अन्तरिक्ष स्टेसनमा ह्यान्डओभरको प्रक्रिया चल्नेछ । सुनिता विलियम्स अन्तरिक्ष स्टेसनकी वर्तमान कमान्डर हुन् । यस समयमा उनले आफ्नो कमान्ड हस्तान्तरण गर्नेछिन् । मार्च १९ मा फर्कने अन्तरिक्ष यात्रीहरूलाई बोकेर स्पेश एक्सको ड्र्यागन अन्तरिक्ष यान पृथ्वीमा फर्किनेछ ।
सुनिता अन्तरीक्षमा अलपत्र परेको वा फसेको भन्ने खालको खबरहरू बारम्बार आइरहेको भएपनि सुनिताले यसलाई ‘फसेको’ भन्न रुचाइनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र स्पेसएक्सका सीईओ एलन मस्कले चाहिँ सुनिता र बुचलाई अलपत्र पारिएको भन्दै बाइडेन प्रशासनलाई गाली गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण