लामो प्रतीक्षापछि पृथ्वीमा फर्किने भए अन्तरिक्ष यात्री

वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाका अन्तरिक्ष यात्री सुनिता विलियम्स सहयात्री बुच विल्मोरको साथमा विगत आठ महिनादेखि अन्तरिक्षमा छिन् । दुवै जना गएको अन्तरिक्ष यानमा प्राविधिक गडबडी भएपछि जुनको मध्यता दुवै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा बस्न बाध्य छन् ।
लामो समयदेखि उनीहरूलाई फर्काउने मिति सर्दै गएको थियो । तर अब भने उनीहरू फर्कने समय ‘फिक्स’ भएको छ ।
सीएनएनसँगको एक अन्तरवार्तामा, सुनिता विलियम्स र बुच विल्मोरले आफ्नो फिर्तीको समय स्पष्ट पारेका छन् । दुवै अन्तरिक्ष यात्री अर्को महिना पृथ्वीमा फर्कनेछन् । नासाको क्रू–१० मिसन मार्च १२ मा पृथ्वीबाट प्रक्षेपण हुनेछ । यो मिसनमा मार्च १९ मा दुई अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याइनेछ ।
क्रू–१० मिसनले नासाका अन्तरिक्ष यात्री एनी म्याक्लेन र निकोल आयर्स, जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीका अन्तरिक्ष यात्री ताकुया ओनिशी र रोस्कोसमोस अन्तरिक्ष यात्री किरिल पेस्कोभलाई छ महिनाको मिसनमा आईएसएसमा लैजानेछ ।
क्रू–१० अन्तरिक्षमा पुगेपछि, अन्तरिक्ष स्टेसनमा ह्यान्डओभरको प्रक्रिया चल्नेछ । सुनिता विलियम्स अन्तरिक्ष स्टेसनकी वर्तमान कमान्डर हुन् । यस समयमा उनले आफ्नो कमान्ड हस्तान्तरण गर्नेछिन् । मार्च १९ मा फर्कने अन्तरिक्ष यात्रीहरूलाई बोकेर स्पेश एक्सको ड्र्यागन अन्तरिक्ष यान पृथ्वीमा फर्किनेछ ।
सुनिता अन्तरीक्षमा अलपत्र परेको वा फसेको भन्ने खालको खबरहरू बारम्बार आइरहेको भएपनि सुनिताले यसलाई ‘फसेको’ भन्न रुचाइनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र स्पेसएक्सका सीईओ एलन मस्कले चाहिँ सुनिता र बुचलाई अलपत्र पारिएको भन्दै बाइडेन प्रशासनलाई गाली गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान गोलाबारी, साँझ युद्धविराम : कति दिगो होला ?
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
-
कर्णाली नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्
-
आर्यघाटमा मुर्दा बोल्यो, तर बोलेनन् जिउँदाहरू !
-
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल