अपराध
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
आइतबार, ११ फागुन २०८१, १८ : १०
काठमाडौँ । नेपालमा शङ्कास्पद गतिविधिमा संलग्न ७ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई राजधानीको ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको हो ।
उनीहरु नेपाल प्रवेश गरी गैह्रकानूनी रुपमा बसोबास गर्नुको साथै शङ्कास्पद गतिविधिहरुमा संलग्न रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरी अध्यागमनमा बुझाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
पक्राउ परेकाहरुमा बंगलादेशी नागरिकहरूमा मोहम्मद अतिकुल इस्लाम, मोहम्मद अलाम मोला, मोहम्मद जहांगिर आलम, मोहम्मद अमिनुल हक, मोहम्मद मन्दादुल हक, मोहम्मद नारिरुद्धिन र मोहम्मद मोसरफ हुसेन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण