शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० किशोरहरूको उद्धार
काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० जना किशोरहरूको प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसोदेखि उनीहरू जङ्गलभित्र अलपत्र परेको सूचनाका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठ, नेपाली सेनाको भवानी दल गण र जिल्ला वन कार्यालयबाट खटिएको उद्धार टोलीले ६ जनालाई शनिबार र बाँकी ४ जनालाई आज बिहान उद्धार गरी सकुशल आफन्तको जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उद्धार भएकाहरूमा भक्तपुरका दर्शन सुवाल, दार्चुलाका अभि धामी, कास्कीका बिबिक श्रेष्ठ, बाँकेका बिपिन आचार्य, मोरङका विवश बुढाथोकी, अर्घाखाँचीका दिपबिजय खनाल, स्याङ्जाका चिन्तन तिवारी, कास्कीका गौरव पराजुली, सल्यानका भरत ओली र बैतडीका चिराग भट्ट रहेका छन् । राजधानीमै बसोबास गर्दै आएका उनीहरू मिलेर घुम्न जाँदा बाटो बिराएर जङ्गलभित्र अलपत्र परेको प्रहरीको भनाइ छ । उनीहरू १७ र १८ वर्ष उमेर समूहका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण