सचिवद्वय पोखरेल र सिंहको बिदाई
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्राविधिक सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको बिदाई गरिएको छ । दुवैजना विशिष्ट श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेर आजदेखि अवकाश पाउन लागेका हुन् ।
मन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सचिवद्वय डा पोखरेल र डा सिंहलाई माला, मायाको चिनो र ढाकाटोपी लगाएर बिदाई गरे । बिदाई कार्यक्रममा मन्त्री पौडेलले दुवै सचिवलाई सेवा निवृत्त जीवनको शुभकामना व्यक्त गर्दै उनीहरुको अनुभव र दक्षताको सदैव खाँचो हुने बताए ।
उनले भने, ‘अनुभव, दक्षता र क्षमताका आधारमा दुवैजनाले स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउनुभएको छ । औपचारिक पदबाट बिदा हुनुभएको छ तर अनुभव र दक्षता आवश्यक परिरहन्छ ।’
सचिवद्वय पोखरेल र सिंह दुवै जना २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ (१२औँ तह) मा बढुवा भएका थिए । डा.पोखरेल २०७८ साउन ४ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण