टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
काठमाडौं । टाटाको एययूभी कर्भ ईभी सार्वजनिक भएको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कुपे एसयुभी मोडलको कार सार्वजनिक गर्दै मूल्य समेत घोषणा गरेको छ।
_XwQv7168qb.jpg)
आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सिप्रदी ट्रेडिङले टाटा कर्भ ईभी काठमाडौंमा सार्वजनिक गरेको हो । सिप्रदीले कुपे डिजाइनमा नयाँ मोडलको रूपमा कर्भ ईभी ल्याएको छ। नेपालमा कर्भको टप भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
_DPfN2aTI5V.jpg)
आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीले नेपाली गाडी बजारमा लोकप्रिय बन्ने अपेक्षा गरेको छ । कर्भ ईभीमा आकर्षक सेतो र खैरो दुई रङको इन्टेरियर छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ । हाई भेरियन्टमा १०.२५ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर उपलब्ध छ ।
_n0KTDkXARk.jpg)
नेपालमा टाटाले नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभीपछि कर्भ नेपाली बजारमा ल्याएको हो । कर्भ ईभीको टप भेरियन्टको मूल्य ५६ लाख ९९ रूपैयाँ रहेको छ। नेपालमा यो गाडी ५५ किलोवाट आवरको ब्याट्रीमा सार्वजनिक भएको छ।
_PtNGdJbq3l.jpg)
सुरक्षा फिचर्समा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अधिकतम गति १६० प्रतिकिलोमिटर छ। त्यसबाहेक टाटाले टियागो २०२५ मोडल सार्वजनिक गरेको छ। टाटा टियागो इन्ट्री लेभलको मोडल हो। २७.४९ लाख रहेको छ। नेपालमा २ हजार बिक्री गरिसकेको छ।
_9fFHnwWd8v.jpg)
त्यस्तै, टाटा नेक्सनको नयाँ भर्जन के थ्री सार्वजनिक गरेको छ। ४५ किलोवाट आवर ब्याट्री क्षमतामा ल्याएको छ। जसमा ३२५ किलोमिटर ग्यारेन्टी दिएको छ अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्नेछ । _npy1ApKxRR.jpg)
ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिन्छ । टर्क २१५ एनएम छ ।
_qDUbKs9cUZ.jpg)
५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिन्छ । मोटर पावर १२३ किलोवाट आवर छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ । यो कारले ५ स्टार सेफ्टी रेटिङ समेत पाएको छ ।
_mYAVy6gezf.jpg)
_40lygoTKcP.jpg)
_NdnRCtH6So.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण