नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
सोमबार, १२ फागुन २०८१, ११ : ०३
काठमाडौँ । नेपाल बैँकले साधारण सभा बोलाएको छ । बैँक सञ्चालक समितिको बैठकले चैत ६ गते बुधवार बस्नेगरी बैँकले ६५ औँ वार्षिक साधारण सभा बोलाएको हो । उक्त दिन काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा उक्त साधारण सभा बस्नेछ ।
यो वर्ष वाणिज्य बैङ्कमध्ये सबैभन्दा पछाडि साधारण सभा गर्ने बैङ्क नेपाल बैङ्क बनेको छ । २० वाणिज्य बैङ्कमध्ये अरू सबै बैङ्कले चालु आर्थिक वर्षमा साधारण सभा आह्वान गरिसकेका छन् ।
बैङ्कले साधारणसभामा सर्वसाधारण शेयरधनीका तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका राखेको छ । साधारण सभा प्रयोजनको लागि फागुन २२ गतेका लागि बुक क्लोजको मिति तोकिएको छ । यस बैङ्कले चालु आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने गरी निर्णय यसअघि नै गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण