तरुण दलको पूर्णकालीन सदस्यता वितरणको तालिका प्रभावित हुने सम्भावना
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण गर्ने फाराम फागुन मसान्तसम्म केन्द्रमा पठाइसक्ने निर्णय र सर्कुलर समयमै सम्पन्न नहुने सम्भावना बढेको छ । तरुण दलको गत माघ ३० गते बसेको केन्द्रीय समिति बैठकले पूर्णकालीन सदस्यताको फाराम जिल्ला–जिल्लामा पठाएर फागुन मसान्तसम्म केन्द्रमा रुजुका लागि पठाइसक्न निर्देशन दिने निर्णय गरेको थियो ।
केन्द्रीय समितिको त्यही निर्णय बमोजिम अधयक्ष विद्वान गुरुङले फागुन २ गते सबै जिल्लालाई परिपत्र गर्दै पूर्णकालीन फाराम लागि वितरण गर्न निर्देशन दिएका थिए । तर, आजसम्म ७७ जिल्लामध्ये ५० जिल्लाले मात्रै पूर्णकालीन सदस्यताको फाराम लगेको तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई उद्धृत गर्दै केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले पठाएको सूचनामा उल्लेख छ । अझै २७ शाखाले फाराम नै लैजान बाँकी रहेकाले १७ दिनमा सबै जिल्लाले भरेर केन्द्रमा पठाउने सम्भावना कम देखिएको हो ।
तरुण दलको केन्द्रीय कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक, लमजुङ, धादिङ, सुनसरी, पर्वत, डोटी, चितवन, दाङ, सिन्धुली, जुम्ला, पाँचथरलगायत जिल्लाले केन्द्रबाट फाराम लगेर जिल्ला समितिको बैठक बसेर वितरण कार्य सुरु गरेको जानकारी गराएका छन् । कांग्रेसले चैतभित्र अधिवेशन गर्न तरुण दललाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण