तरुण दलको पूर्णकालीन सदस्यता वितरणको तालिका प्रभावित हुने सम्भावना

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण गर्ने फाराम फागुन मसान्तसम्म केन्द्रमा पठाइसक्ने निर्णय र सर्कुलर समयमै सम्पन्न नहुने सम्भावना बढेको छ । तरुण दलको गत माघ ३० गते बसेको केन्द्रीय समिति बैठकले पूर्णकालीन सदस्यताको फाराम जिल्ला–जिल्लामा पठाएर फागुन मसान्तसम्म केन्द्रमा रुजुका लागि पठाइसक्न निर्देशन दिने निर्णय गरेको थियो ।
केन्द्रीय समितिको त्यही निर्णय बमोजिम अधयक्ष विद्वान गुरुङले फागुन २ गते सबै जिल्लालाई परिपत्र गर्दै पूर्णकालीन फाराम लागि वितरण गर्न निर्देशन दिएका थिए । तर, आजसम्म ७७ जिल्लामध्ये ५० जिल्लाले मात्रै पूर्णकालीन सदस्यताको फाराम लगेको तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई उद्धृत गर्दै केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले पठाएको सूचनामा उल्लेख छ । अझै २७ शाखाले फाराम नै लैजान बाँकी रहेकाले १७ दिनमा सबै जिल्लाले भरेर केन्द्रमा पठाउने सम्भावना कम देखिएको हो ।
तरुण दलको केन्द्रीय कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक, लमजुङ, धादिङ, सुनसरी, पर्वत, डोटी, चितवन, दाङ, सिन्धुली, जुम्ला, पाँचथरलगायत जिल्लाले केन्द्रबाट फाराम लगेर जिल्ला समितिको बैठक बसेर वितरण कार्य सुरु गरेको जानकारी गराएका छन् । कांग्रेसले चैतभित्र अधिवेशन गर्न तरुण दललाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशमा न्यायिक सम्मेलन : ८ बुँदे घोषणापत्र जारी
-
रुकुम पश्चिममा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु
-
‘थारू’लाई छुट्टै पहिचान दिन सर्वोच्चको अस्वीकार, देखायो यस्ता कारण
-
पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल
-
गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू