सालकको खपेटासहित चार जना पक्राउ
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-५ चामुण्डाचोकबाट सालकको खपेटा ८ किलो ५ सय ग्रामसहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, नुवाकोट बेलकोटगढी नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने ४० वर्षीय सन्त बहादुर गुरुङ, ओखलढुंगा मोलुङ गाउँपालिका-६ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्ने २८ वर्षीय राजु विश्वकर्मा र सुनसरी धरान उपमहानगरपालिका-१५ घर भई काठमाडौँ महानगरपालिका-२६ नयाँबसपार्क बस्ने ४२ वर्षीय मदन राई रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपेटा सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण