शिवरात्रिमा पशुपतिको दर्शन व्यवस्थापन चुस्त बनाउन १० उपसमिति गठन

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बुधबार परेको महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मुल समारोह समिति गठन गरेको छ ।
‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन गरेर त्यस मातहत रहनेगरी विभिन्न १० वटा उपसमिति समेत गठन गरिएको कोषले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
पर्वका अवसरमा लाखौँको संख्यामा दर्शनार्थी आउने भएकाले सम्पूर्ण व्यवस्थापनलाई चुस्त बनाउन उपसमिति बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस्तै बुधबारका लागि सुरक्षा व्यवस्था चुस्त बनाउनका लागि सुरक्षा निकायलाई अनुरोध गरिसकिएको तथा पवित्र पाशुपत क्षेत्रमा कानूनद्वारा निषेधित क्रियाकलापहरु नगर्न तथा नगराउनु हुन सबैमा अनुरोध कोषले गरेको छ ।
यस्तै कोषले माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण तथा विक्रि वितरण तथा ओसार पसार नगर्न तथा नगराउन पनि सचेत गराएको छ ।
यस्तै स्थानीय बासिन्दाहरुले स्थानीय वडा कार्यालयहरु मार्फत जारी गरिएको परिचय पत्र (पास) तथा कोषबाट जारी परिचय पासबाट सहजरुमा आवतजावत गर्न सक्ने कोषले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा लिखित जवाफ माग
-
पूर्वमन्त्री नेपालको दाहसंस्कार गरिँदै, शव पशुपति लगियो (तस्बिरहरू)
-
चीनको एउटा कारखानामा रोबोटले मान्छेलाई थप्पडै थप्पड हानेपछि...
-
राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
-
शौचालय जाम भएपछि डाइभर्ट भयो एयर इन्डियाको फ्लाइट
-
पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त