उखान सुनाउँदै संसद्मा पौडेलले उठाए कुलमानको विषय
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले उर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङमाथि कारबाही गरिएको बताए । उनले कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ति गरे भन्दै प्रश्न गरे ।
उनले भने, ‘काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै उर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यु ? कुलमान घिसिङलाई बेलुका हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ । कुलमानले उज्यालो नेपाल बनाएर के गल्ति गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएर के गल्ति गरे कुलमानले ?’
उनले कुलमान घिसिङले घाटामा गएको विद्युत प्राधिकरण नाफामा ल्याएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण