त्रिविका उपकुलपतिलाई नेविसंघको प्रश्न– सोचपत्र र व्यावसायिक कार्ययोजना किन कार्यान्वयन नगरेको ?
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई सोचपत्र र व्यावसायिक कार्ययोजना किन कार्यान्वयन नगरेको भन्दै प्रश्न गरेको छ ।
त्रिविका उपकुलपति प्राडा केशरजंग बराललाई सुझाव पत्र बुझाउँदै सोचपत्र र व्यावसायिक कार्ययोजना कार्यान्वयनबारे प्रश्न गरेको हो । नेविसंघले यसअघि २०८० चैत १८ गते बुझाएको सुझाव पत्र बमोजिम कार्यप्रगति विवरण समेत माग गरेको छ ।
सुझाव पत्रमा विश्वविद्यालयका उपकुलपतिको ४ वर्षे कार्यकालको सोचपत्र र व्यावसायिक कार्ययोजना कार्यान्वयन भए/नभएको विषयमा जवाफ माग गरेको छ । करिब एक वर्षअघि बुझाएको सुझाव पत्र अनुसार सुझाएका समस्या र तिनको समाधानको अवस्थाबारे जानकारी दिन भनेको हो ।
पटक पटक बुझाएको ज्ञापनपत्र, ध्यानाकर्षण पत्र र सुझाव पत्र उपर हाल सम्म कुनै संवाद, छलफल एवं समन्वय समेत नभएको नेविसंघ प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।
आफूहरूले उठान गरेका मागहरू सम्बोधन नभएको खण्डमा विश्वविद्यालयका पदाधिकारविरुद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण