स्कुटर चोरीमा संलग्न पक्राउ
काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका ४ माछापुच्छ्रे चोकबाट सोमबार स्कुटर चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको मेलुङ गाउँपालिका ४ घर भई हाल काठमाडौँको बालाजु बस्ने २५ वर्षीय कुशाङ गोले तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
बागमती प्रदेश ०२-०४२ प ८३ ०७ नम्बरको स्कुटर काठमाडौँको तार्केश्वर नगरपालिका ४ माछापुच्छ्रे चोकमा चलाइराखेको अवस्थामा तामाङलाई ट्राफिक प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको थियो । उक्त स्कुटर काठमाडौँको टोखा नगरपालिका ५ शिव मन्दिरबाट हराएको भनी सिता पाण्डे भुसालले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकी थिइन् ।
नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण