ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले शान्ति स्थापनाको नाममा युक्रेनले आत्मसमर्पण गर्ने अवस्था हुन नहुने बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोंले यस्तो बताएका हुन् ।
अमेरिकी समकक्षी ट्रम्पसँगको भेटवार्तापछि उनले युक्रेनलाई आत्मसमर्पण गर्न लगाउने पक्षमा उभिन नसकिने बताए । दुबै शीर्ष नेता रुसले युक्रेनमाथि आक्रमण गरेको तेस्रो वर्षगाँठमा युक्रेन युद्धबारे छलफल गर्न बैठक गर्दै छन् ।
यस दौरान ट्रक्पले शान्ति स्थापनाका लागि अमेरिका एक्लैले भन्दा पनि युरोपेली देश समेतले यसको बोझ उठाउनु पर्ने र त्यसको जस अपजस झेल्नुपर्ने बताए । जवाफमा म्याक्रोंले युरोप युक्रेनलाई सहयोग गर्ने जिम्मेवारीबाट पछि नहटेको भनी जोडदार रुपमा आफ्नो तर्क राखे ।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कीवमा पश्चिमी नेताहरुको एक शिखर सम्मेलनमा ‘हामी यो युद्धलाई यसै वर्ष अन्त्य गर्न सक्छौं’ भनेका थिए । यस्तै, राष्ट्र संघको महासभाले समेत युक्रेनको सम्प्रभुता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डताप्रति आफ्नो प्रतिवद्धता जनाउँदै नयाँ प्रस्ताव ल्याएको छ । जुन प्रस्तावको अमेरिकाले विरोध गरेको भने आफ्नै प्रकारको प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : अध्यक्ष ढकाल
-
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
-
निजी क्षेत्रका आयोजनाहरू समयमा नसकिने अवस्था छ : अध्यक्ष कार्की
-
आगामी बजेट अपेक्षाकृत छ, ९० प्रतिशत पुँजीगत खर्च हुनेगरी काम गर्नुपर्छ : अध्यक्ष सिंह
-
प्रविधिको प्रयोग गरेर नेपाली युवाहरुले ५१५ मिलियन भित्र्याए : कार्यकारी निर्देशक पौडेल
-
बजेटले अटो सेक्टरलाई फेरि उजागर गर्ने अठोट लिएको छ : अध्यक्ष चौधरी