मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै, कस्तो होला महाप्रसादको अन्तिम नीतिगत निर्णय ?

काठमाडौँ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार गरेको मौद्रिक नीतिलाई सञ्चालक समिति बैठकले पारित गरी आजै सार्वजनिक गर्नेगरी तयारी गरिएको हो ।
यसका लागि आज बेलुकी सञ्चालक समितिको बैठक बोलाइएको एक अधिकारीले जानकारी दिए ।
मौद्रिक नीतिको प्रत्येक त्रैमासमा समीक्षा हुने व्यवस्था छ । प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
यस अनुसार बिहीबारसम्ममा समीक्षा सार्वजनिक गर्नुपर्ने थियो । बुधबार बिदा भएका कारण आज नै समीक्षा गर्न लागिएको ती अधिकारीले बताए ।
मौद्रिक नीतिको समीक्षा गर्ने भए पनि यस पटक पनि ठुलो नीतिगत परिवर्तन हुनसक्ने सम्भावना नरहेको स्रोतले जानकारी दियो ।
गभर्नर महाप्रसाद अधिकारीले गर्ने अन्तिम नीतिगत निर्णयको रुपमा लिइएको यो समीक्षामा गभर्नर अधिकारीले केही सहुलियतका कार्यक्रम घोषणा गर्छन् भन्ने अपेक्षाबिच ठुलो नीतिगत परिवर्तन नहुने अवस्था रहेको बताइएको हो ।
राष्ट्र बैंकले पहिलो त्रैमासमा पनि राष्ट्र बैंकले मौद्रिक नीतिमा कुनै परिवर्तन गरेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए