नेपाल–इटाली सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गर्नुपर्नेमा जोड
काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नेपालमा लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको बिस्तार र नेपाल तथा इटालीबिचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाएको हो ।
कार्यक्रममा संघका अध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटालीबिचको राजनीतिक तथा आर्थिक सम्बन्धको यात्रा जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा संघको भूमिका महत्त्वपूर्ण रहेको बताए । पूर्वमन्त्री राजेशकाजी श्रेष्ठले नेपाल–इटाली व्यापार प्रवर्द्धनका लागि आफ्नो निरन्तर सहयोग रहने जिकिर गरे ।
साधारण सभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । संघका संरक्षक राजेशकाजी श्रेष्ठ र मानार्थ वाणिज्यदूत प्रतिभा पाण्डेलाई विशिष्ट सम्मान र अशंक शमशेर जबरालाई २०२४ को ‘वर्ष उत्कृष्ट सदस्य’ का रूपमा सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण