काठमाडौँ आउने तयारीमा मिटर ब्याज पीडित
काठमाडौँ । मिटर ब्याज पीडितहरू फेरि काठमाडौँमा आउने तयारी गरेका छन् । मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन नेपालले आर्थिक शोषण विरुद्ध जनजागरण अभियान अन्तर्गत यही फागुन २० गते सङ्घीय राजधानी काठमाडौँमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
सोही कार्यक्रमका लागि आउन लागेको मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन नेपालका केन्द्रीय सदस्य उमेश कोरीले जानकारी दिए ।
उक्त अन्तरक्रिया कार्यक्रम ‘मिटर ब्याज अपराध: उन्मूलन राजनीतिक घोषणा कि कानुनी निकास’ भन्ने मूल शीर्षकमा केन्द्रित रहने जानकारी दिए ।
लामो समयदेखि मिटर ब्याजको समस्या बाट गुज्रिएका पीडितका समस्याको सम्बोधन हुने उक्त कार्यक्रमबाट अपेक्षा गरिएको र समस्या सम्बोधन नभए पुनः आन्दोलनमा उत्रिनेसमेत बताए । ‘उक्त कार्यक्रममा सरकार र ठुला राजनीतिक दलका नेताहरुलाई समेत आमन्त्रण गरिएको र मिटर ब्याज अपराधबाट सिर्जित समस्या समाधान गरी पीडितलाई न्याय दिने सम्बन्धमा ठोस निकास दिने अपेक्षा छ,’ उनले भने, ‘उक्त कार्यक्रमबाट कुनै निकास नआए फेरी बृहत् रूपमा आन्दोलनमा उत्रिने तयारी थालेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण